लोक सेवा आयोग सम्बन्धि

खरिदार द्धितिय पत्र प्रश्नोत्तर

16 Jan,2023

प्रश्न नं.१) मुलुकी अपराध संहिता, २०७४ का मुलभुत विशेषताहरु लेख्नुहोस् । ५

प्रश्न नं.१ को उत्तर

मुलुकी अपराध संहिता, २०७४ का मूलभूत विशेषताहरु

मुलुकमा कानून तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राखी फौजदारी कसूर निवारण र नियन्त्रणको लागि निर्माण गरिएको मुलुकी अपराध संहिता, २०७४ का मूलभूत विशेषताहरू देहाय बमोजिम रहेका छन् ।

  •  फौजदारी कानूनको संहिताकरण र एकीकरण गरिएको
  •  बर्हिक्षेत्रीय अधिकार क्षेत्रको व्यवस्था गरेको
  •  फौजदारी न्यायका सिद्धान्तको व्यवस्था गरिएको
  •  नयाँ कसूरको व्यवस्था रहेको
  •  सजायमा छुट हुने जिकिरको सौदाबाजी सम्बन्धी व्यवस्था रहेको
  •  सजायको तल्लो र माथिल्लो हदको व्यवस्था गरिएको
  •  अपराध पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने प्रावधान रहेको
  •  वालविवाह, हाडनाताको विवाह र बहुविवाह बदर हुने व्यवस्था रहेको
  • वालवालिकाको उमेर १८ वर्ष कायम गरिएको
  • वालवालिकाबाट कसूर गराएमा उमेर पुगेकालाई सजाय हुने
  • सजायमा सुधार र पुनरावलोकन गरिएको
  • अन्य देहायका विशेषताहरु रहेका

– कसूरको गाम्भिर्यता अनुसार सजायको प्रकार तोकिएको,

– सामुदायिक सेवादेखि आजीवन कैदसम्मको सजाय हुने व्यवस्था रहेको,

– जरिवाना नतिरेमा कैद हुने,

– अपराध पीडितले मुद्दाको काम कारबाहीको जानकारी पाउने,

– षड्यन्त्र, उद्योग, दुरुत्साहन गर्ने तथा मतियारलाई सजाय हुने,

– वालवालिकाबाट कसूर गराएमा उमेर पुगेकालाई सजाय हुने,

– कसूरसँग सम्बन्धित साधन जफत हुने,


निष्कर्ष :– मुलुकी अपराध संहिता, २०७४ ले नेपाली फौजदारी कानूनलाई संहिताकरण, वैज्ञानिकरण र आधुनिकरण गरेको गरेको छ ।


प्रश्न नं. २) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का मूलभूत विशेषताहरू लेख्नुहोस् । ५

प्रश्न नं. २ को उत्तर

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का मूलभुत विशेषताहरू

मुलुकमा कानून तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राखी फौजदारी कसूर निवारण र नियन्त्रणको लागि निर्माण गरिएको फौजदारी कार्यविधि संहिता, २०७४ का प्रमुख विशेषताहरू देहाय बमोजिम रहेका छन् ।

  • जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न सकिने
  •  अन्य व्यक्तिले पक्राउ गर्न सक्ने
  •  अनुसन्धान टोलीमार्फत अनुसन्धान गर्न सकिने
  •  अनुसन्धानको लागि चालीस दिनभन्दा बढी हिरासतमा राख्न नपाइने
  •  नेपाल बाहिर अनुसन्धान गर्न सकिने
  •  श्रव्यदृश्य संवादको माध्यम प्रयोग गर्न सकिने
  •  अभियोग पत्रमा कसूर र अभियोगपत्र सम्बन्धी विवरण खुलाउनु पर्ने
  •  अभियोगपत्र संशोधन गर्न वा थप अभियोजन गर्न सकिने
  •  क्षेत्राधिकार र हदम्यादको सम्बन्धमा पहिले निर्णय गर्नुपर्ने
  •  विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न सकिने
  •  समाचार पत्र वा विद्युतीय माध्यमबाट म्याद तामेल गर्न सकिने
  •  म्याद नबुझ्ने वारिस वा कानून व्यवसायीलाई प्रतिनीधित्व गर्न नदिन
  •  धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्ने आधार
  •  फैसला प्रमाणीकरण भएको सूचना प्रकाशन गर्नु पर्ने,
  •  पीडित वा साक्षीको परिचय गोप्य राख्न सकिने
  •  कैद वापत रकम तिर्न सकिने
  •  साक्षीको व्यवहार, मुखाकृतिको टिपोट गर्न सकिन,
  •  नबुझी नहुने साक्षी उपस्थित नभएमा जरिबाना तथा पक्राउ गर्न सकिन
  •  फरार अभियुक्तका अधिकार र सुविधा कटौती हुने
  •  पक्राउ गर्न सहयोग गर्नुपर्ने
  •  सानातिना कसूरमा मुद्दा दायर नगरिने
  •  अभियुक्तलाई थुनामा राखिने
  •  साक्षीलाई सुविधा र सुरक्षा प्रदान गर्ने,
  •  वादी प्रतिवादीबीच छलफल गराउन सकिन
  •  पक्राउ पूर्जी जारी गर्नु अघि अनुमति लिनु पर्ने

निष्कर्ष : – फौजदारी मुद्दाको कारबाही र किनारा सम्बन्धी प्रक्रियालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले व्यवस्थित रुपमा तोकेको छ ।


You might also like

Here are important articles you can study.

नेपालमा शहरीकरणका समस्या र समाधान By Kp Khatiwada Sir

नेपालमा शहरीकरणका समस्या र समाधान By Kp Khatiwada Sir

लोक सेवा आयोग सम्बन्धि

नेपालमा शहरीकरणका समस्या र समाधान By Kp...

16 Jan,2023
विधुतीय शासन

विधुतीय शासन

लोक सेवा आयोग सम्बन्धि

विधुतीय शासन

25 Nov,2022
खरिदार प्रश्नोत्तर निःशुल्क कानूनी सहायता

खरिदार प्रश्नोत्तर निःशुल्क कानूनी सहायता

लोक सेवा आयोग सम्बन्धि

खरिदार प्रश्नोत्तर निःशुल्क कानूनी सहायत...

18 Nov,2022
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

लोक सेवा आयोग सम्बन्धि

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची...

09 Oct,2022
साहित्यको पनि आयो ।  अब आउन बाँकी २ वटा ।  शान्तिको भोली । अर्थशास्त्रको अक्टोबर १० मा ।

साहित्यको पनि आयो । अब आउन बाँकी २ वटा । शान्तिको भोली । अर्थशास्त्रको अक्टोबर १० मा ।

लोक सेवा आयोग सम्बन्धि

साहित्यको पनि आयो । अब आउन बाँकी २ वटा...

09 Oct,2022
नोबेल शान्ति पुरस्कार २०२२: युक्रेन, रुस र बेलारुसका अधिकारवादीलाई दिने घोषणा

नोबेल शान्ति पुरस्कार २०२२: युक्रेन, रुस र बेलारुसका अधिकारवादीलाई दिने घोषणा

लोक सेवा आयोग सम्बन्धि

नोबेल शान्ति पुरस्कार २०२२: युक्रेन, रुस...

09 Oct,2022